8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

भुकम्पबाट प्रभावित भएका विधालय पुर्ननिमार्ण हुन ढिलाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

-मिना कंडेल, कावासोती । भुकम्पले क्षति पुर्याएको निजी आवास तर्फको निर्माण कार्य सक्ने जिल्ला नवलपरासी पहिलो बनेको भए पनि पुर्ण रुपमा क्षति भएका विद्यालय भने अझै सम्पन्न हुन सकेका छैनन् ।
बि.सं २०७२ बैशाख १२ को बिनाशकारी भुकम्पका कारण पुर्वी र पश्चिम नवलपरासीमा ८७२ घर पुर्ण रुपमा क्षति भएका थिए भने २१० वटा विद्यालयका ५२० कक्षा कोठा पुर्ण रुपमा क्षति भएका थिए । जस अन्र्तगत ३७ वटा विद्यालयको ७२ कोठा निर्माण भैसकेको छ ।
शुरुमा निजी आवास तर्फ र विद्यालय तर्फ एउटै निकायले हेर्दै आएको भए पनि साउन १ गतेबाट भने शिक्षाले हेर्दै आएको छ । अहिले १६ विद्यालय निर्माण भएका छन् । त्यस्तै गरि २१ वटा निर्माण भइरहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना शिक्षा कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेश्वर पराजुलीले बताउनु भयो ।
२१० विद्यालयका २६८ वटा कोठा मात्र निर्माण हुन सकेको छ, भने अझै २५२ कक्षा कोठा निर्माण गर्न बाँकी रहेको प्रमुख पराजुलीले बताउनु भयो । ३० शौचालयमा ५ वटा निर्माण सम्पन्न भएको छ । भुकम्पबाट प्रभाबित पूर्वी नवलपरासी र पश्चिममा ९४ प्रतिशत नीजि संरचना निर्माण हुँदै गर्दा विधालयमा ५१. ५३ प्रतिशत मात्र निर्माण कार्य हुन सकेको छ । चैत्र मसान्त सम्म पूर्ण रुपमा क्षति भएका विद्यालयहरुको निर्माण सक्ने लक्ष्य भए पनि विद्यालयमा प्राधिकरणले बजेट निकाशा नदिदा सम्पन्न गर्न कठिनाई परेको प्रमुख पराजुलीको भनाई रहेको छ ।
शिक्षाको भवन निमार्ण गर्दा ४५ करोड खर्च लाग्ने बताइएको छ । नीजि आवास तर्फ भने अहिले सम्म ९४ प्रतिशत नीजि घरहरु निर्माण सम्पन्न भैसकेको र लाभग्राहीले सबै किस्ता समेत लगिसकेको राष्ट्रिय पुर्न निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताउनु भयो । पूर्वी नवलपरासीमा भुकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४६ वटा नयाँ गुनासो दर्ता भएको र आफूहरुले अुनगमन सकेर केन्द्रमा पठाइ– सकेको प्रमुख कार्कीले बताउनु भयो । २०७६पुस ९

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!