अभिनेता पुर्ण बिक्रम शाह (पल शाह)लाई जिल्ला अदालत नवलपुरले बालयौन यौन दुराचारमा कसुरदार ठहर गरेको छ । तर , जबरजस्ती करणीसम्बन्धी मुद्दामा भने सफाई दिएको छ । जिल्ला अदालत नवलपुरका सुचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार न्यायधिस यज्ञ प्रसाद आर्चायको एकल को इजलासले शाहलाई बाल यौन दुराचारमा दोषी ठहर गरेर २ वर्ष ६ महिना कारागार , २५ हजार जरिवाना र १० लाख रुपैया पीडितलाई क्षतीपुर्ती दिनुपर्ने ठहर गरेको छ । चैत ७ गते पुर्वी नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी सहित २०७८ चैत ३ गते मुद्दा दायर गरिएको थियो ।