25.1 C
Kathmandu
Flowers in Chania

पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो, आइतबारै गणना गरिने

- Advertisement -Flowers in Chania

परासी — पश्चिम नवलपरासीमा ७२ प्रतिशत मतदान भएको छ । जिल्लाका २ सय ८७ वटा मतदान केन्द्रमा भएको चुनावमा ७२ प्रतिशत मत खसेको हो ।

अहिले मतपेटिका संकलनको काम भइरहेको र आइतबार रातिबाटै मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।

जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को बर्दघाट नगरपालिकाको सभाहल र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको भवनमा मतगणना हुनेछ ।

त्यसका लागि तारजाली र सीसीटिभीसहितको गणनास्थल तयारी अवस्थामा राखिएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । जिल्लामा २ लाख ४० हजार मतदाता थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्