24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ । विहीबार र आईतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो । आईतबार भन्सार छली गरेर ल्याएको ७ लाख रुपैयाको सामान र पशुचौपाया पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ । जिल्लाको सरावल गाउंपालिका ७ मधवलिया दशगजा क्षेत्रमा अटोमा लोड गरेर क्वारेन्टाईन जाचं नगराएको अवस्थामा १८ वटा खसीबोका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ५ लाख ६५ हजार बराबारको पशुचौपाया र अटो बरामद गरेर भन्सार कार्यालय महेषपुर पठाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए । यसैगरी पाल्हिनन्दन गाउंपालिका ३ बेलासपुरमा भारत बाट भन्सार छली गरेर ल्याउदै गरेको १ लाख २३ हजार बराबरको कपडा बरामद गरेर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । प्रहरीले विहिबार भरतीय सिमावर्ती नाका क्षेत्रबाट ७ सात बराबरको लत्ता कपडा र घरायासी सामान बरामद गरेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्