नवलपरासी ४ असोज ।
नेपालको संबिधान २०७२ घोषणा भएपछि शहिदहरुको सपना शाकार भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा स्थानीय शान्ती समिती नवलपरासीको आयोजनामा कावासोतीमा आज सम्पन्न भएको एक दिवसीय अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । देशमा संघिय गणतान्त्रिक संबिधान जारी गरी गणतन्त्र स्थापित भएको भन्दै अव देशमा दिगो शान्ती कायम हुने अपेक्षा समेत गरेका छन् । राजनैतिक दलहरुको लामो रस्साकस्सीबाट जारी भएको संबिधानले द्धन्द पिडितहरुले राहत महशुस गर्न पाएको समेत बताएका छन् । संबिधान जारी भएपनि अझै मुलुकमा कतिपय राजनैतिक दल , जाति समुह र समुदाय असन्तुष्ट रहेको भन्दै सम्बाद मार्फत् एकताबद्ध भई देश बिकासका लागि एकताबद्ध हुन आह्वान समेत गरेका छन् । स्थानीय शान्ती समिती नवलपरासीका अध्यक्ष यामबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा लार्कका महासचिव कांशिनाथ हरिजन प्रमुख अतिथी रहनुभएको थियो । यसैगरि समितीका सदस्य सचिव ध्रुबराज कंडेल , कावसोती नगरपालिकाका शान्तिसमिती संयोजक लेखनाथ बस्याल, नारायणी गाबिसका शान्ती समिती संयोजक कृष्ण नेपाल , ईन्सेक प्रतिनिधी नारायण पराजुली , रिठ्ठेपानी मुहान संरक्षण समितीका गोबिन्द अधिकारी , सुनवलका शात्निी समिती संयोजक ठाकुर प्रसाद घिमिरे , रामनगर शान्ति समाजका अडिक बिक , देवचुली शान्ती वाटिकाका सचिव ईन्द्रमणी भुषाल लगायतकाको उपस्थीति रहेको थियो । कार्यक्रम संचालन शान्ति निर्माण सहजकर्ता तारा प्रसाद भुषालले गर्नुभएको थियो ।
-शारदा झेडीमगर
- Advertisement -
- Advertisement -
- Advertisement -