24.1 C
Kathmandu
Thursday, May 2, 2024
Flowers in Chania

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

- Advertisement -Flowers in Chania

पुर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखी विहान ७ बजेदेखी बेलुका ७ बजे सम्म संचालन भईरहेको अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डां जितेन्द्र कंडेलले बताए । यस सेवा बाट कार्यालयमा काम गर्ने सेवाग्राहीले पनि सहजै उपचार सेपा पाउने तथा मधुमेह तथा अन्य रोगका बिरामीलाई खालीपेटमा जाचं गर्नुपर्ने प्रयोगशालाको सेवा पनि ओपीडी बाट नै सहज हुने विश्वास लिईएको छ । रिफर गर्नुपर्ने , औषधी थप गर्नुपर्ने र प्रयोगशालामा परिक्षण गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा बिस्तार गरीएको रअब क्रमश बिशेषज्ञ सेवा पनि बिस्तार हुने जनाईएको छ ।
ओपीडी सेवा १२ घण्टा संचालन हुने भएपछि सेवाग्राहीको घुईचो कम हुने र सहज सेवा प्रदान गर्न सकीने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा लागु भएपछि अहिले जिल्ला अस्पतालमा दैनीक २ सय भन्दा बढी बिरामीले ओपीडी सेवा लिदै आएका छन् ।

स्वास्थ्य सामग्री प्रदान
गैडाकोट नगरपालिकाले मध्यविन्दु जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।मृगौला रोगको डायलासिस क्लिनर , उपचार कक्षको लागि एसी र स्वास्थ्य उपकरण राख्ने र्याक गरेर १५ लाख रुपैयाको स्वास्थ्य उपकरण प्रदान गरेको हो । सोमबार एक कार्यक्रमबाबीच गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले अस्पताल प्रशासनलाई उपकरण हस्तान्तरण गर्नुभएको थियो । डायलासिस क्लिनर उपकरण थप भएपछि मृगौला रोगीको उपचारका लागि थप सहज हुने जिल्ला अस्पतालले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्