18.1 C
Kathmandu
Flowers in Chania

पर्यटकिय गन्तब्य बन्दै पाखेरी ताल

- Advertisement -

केही वर्ष अघि सम्म उजाड देखिने पुर्वी नवलपरासीको कावासोती १ हात्तिखोरको पोखरी ताल अहीले पर्यटकिय क्षेत्रकोरुपमा विकास भएको छ । महाराजा धार्मिक वन तथा पोखरी ताल जलासय निमार्ण संरक्षण तथा उपभोक्ता समिती गठन गरेर अहीले पर्यटकिय क्षेत्रको पुर्वाधार विकास गरेपछि नाङगो डाडां हरियाली मात्र होईन समितीको आयआर्जनको माध्ययम बनेको छ । नवलपुर क्षेत्रमा सार्वजनिक स्थल र शान्त वाताबरणको अभाव भएकाले पनि अहिले यहां आन्तरीक पर्यटकको भिड लाग्ने गरेको छ ।
ताल निमार्ण , बाल उद्यान , मन्दिर तथा बनभोज स्थल, शान्त वातावरण भएकाले पर्यटकलाई आकर्षित गरेको छ । दश बिगाहा क्षेत्रफलमा फैलिएको स्थानमा जडीबुटीको बृक्षारोपण ,बगैचा निर्माण र वनभोज स्थलको लागि टहरा निर्माण भएको छ । यस्लाई थप आकर्षक बनाउनका लागि तालको बिच भागमा मन्दिर निर्माण , सानो चिडिया घर ,साना साना पोखरी, पानीको फोहरा र डुंगा सयरका लागि आवश्यक काम को तयारी भैरहेको पोखरी ताल जलासय निमार्ण संरक्षण तथा उपभोक्ता समितीका अध्यक्ष दर्शन भट्टराईले बताए । तर तालमा पानी नहुदा डुंगा संचालन भएको छैन् । पोखरी तालको नामले परिचित पर्यटकीय क्षेत्रमा नै तालमा पानी नहुदा पर्यटकले डुंगा सयर गर्न पाएका छैनन् । पूर्व पश्चिम राजमार्गको कावासोती फलफुल चोक बाट करिब ६ किलोमिटर उत्तर तर्फ महाभारत पर्वत श्रृङखलाको काखमा रहेको छ । यस्लाई भविष्यमा चलचित्र सुटिङको खुल्ला स्टुडियोकोरुपमा विकास गर्ने योजना स्थानीयको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्