27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

राष्ट्रिय परिक्षा बोर्डको गम्भिर त्रुटी, जिपिए फरक पर्दा विद्यार्थी अन्यौलमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

शनिवार प्रकासीत एसईई परिक्षाको परिक्षाफल एसएमएस र वेवसाईट मा फरक फरक भेटीएको छ । एउटै विद्यार्थीको नतिजा एसएमएस सेवा र वेवसाईटमा शनिवार र आईतबार फरक नजिजा देखाएपछि विद्यार्थी , शिक्षक अन्यौलमा परेका छन् । समता शिक्षा निकेतन कावासोतीका प्रिन्सीपल महेश भुर्तेलले शनिवारको जिपिए भन्दा आईतबार हेर्दा बढेर आएको बताउनुभयो । ‘परिक्षा बोर्डको यो गम्भिर लापरवार्ही हो ।’उहाले भन्नुभयो,‘एसईई जस्तो महत्वुर्ण परिक्षाफलमा यस्तो त्रुटि गरेर विद्यार्थीको मनोबल गिराउने र परिक्षाफलको विश्वसनियतामा नै प्रश्न उठेको छ ।’

कावासोती क्षेत्रका अधिकासं विद्यार्थीको नजिता फरक फरक आएको छ । शनिवार नै नजिता हेरेका अधिकासंले आईतबार फेरी नतिजा हेर्नुपर्ने भएको छ ।

कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्णचन्द्र पोखरेलले शिक्षक र विद्यार्थीको ब्यापक गुनासो आएको बताउनुभयो । गुनासो आएपछि केन्द्रमा खबर गरेकाले सोमबार मात्र यस विषयमा आधिकारीक बुझेर प्रतिकृया दिन सकीने उहांको भनाई छ । २०७५, असार-११,

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्