गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश नं. ३ देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरुको अखडा भएको बताएका छन् । मंगलबार प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । थापाले अब , ‘उनीहरुलाई अब क्याकडाउन गर्नु पर्छ ।’ भन्दै जनताले महसुस गर्ने गरी तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन । अब प्रदेश ३ बाट जाने सन्देशले देशभरका तस्कर, भ्रष्टचारी आफैं तह लाग्ने उनको दाबी थियो ।
थापाले प्रहरी प्रमुखहरुलाई राजनीतिक दल, तस्कर, उद्योगी र व्यवसायी बारे आउने दबाबलाई अस्वीकर गर्न समेत निर्देशन दिएका छन् । गृहबाट गलत आदेश आयो भने त्यसलार्इ पनि अस्वीकार गर्नु पर्ने थापाको भनाई छ । प्रहरीको सरुवा, बढुवामा गृहबाट अन्याय नहुने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
थापाले मुलुकमा अहिले विभिन्न क्षेत्रमा अपराध व्याप्त रहेको जिकिर गरेका छन् । राजनीतिक अपराध मुख्य अपराध रहेको भनाई छ । जनसरकारको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिँदैछ । यसलाई नियन्त्रण गर्न कुनै आदेश कुर्नु पर्दैन एक्सनमा जानुस्’, प्रहरी अधिकारीतर्फ लक्षित गर्दै थापाले भने, ‘ आर्थिक अपराध पनि उस्तै बिकराल रहेको उनको भनाई छ । सुन तस्करी, बालुवा तस्करी, भन्सार छली, गिटीदेखि मानव तस्करीसम्म, सिन्डीकेट लगायत अपराध भैरहेछन् ।’
उनले सिन्डिकेटको अन्त्य र सुन तस्करीबारे छानबिन समिति गठन गरेर अपराध नियण्न्त्रणको सुरुवात गरिसकेको भन्दै अब अन्य क्षेत्रमा पनि छिट्टै सुद्धिकरण सुरु हुने बताए ।
समाजमा पनि अझै सामाजिक अपराध ब्याप्त रहेको थापाले बताएका छन् । यौन हिंसा, घरेलु हिंसा, बलात्कार, छुवाछुट जस्ता अपराध नियन्त्रण गर्न कडा कदम चाल्न उनले प्रहरीलार्इ निर्देशन दिए । उनले मदिराको नियन्त्रण र लागूऔषध निषेधका लागि गृहले विशेष कार्यक्रम पनि ल्याउन लागेको बताएका छन् । वैशाख-१८, २०७५