24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

प्रदेश नं. ३ देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरुको अखडा : गृहमन्त्री थापा

- Advertisement -Flowers in Chania

गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश नं. ३ देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरुको अखडा भएको बताएका छन् । मंगलबार प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । थापाले अब , ‘उनीहरुलाई अब क्याकडाउन गर्नु पर्छ ।’ भन्दै जनताले महसुस गर्ने गरी तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन समेत दिएका छन  । अब प्रदेश ३ बाट जाने सन्देशले देशभरका तस्कर, भ्रष्टचारी आफैं तह लाग्ने उनको दाबी थियो ।

थापाले प्रहरी प्रमुखहरुलाई राजनीतिक दल, तस्कर, उद्योगी र व्यवसायी बारे आउने दबाबलाई अस्वीकर गर्न समेत निर्देशन दिएका  छन्  । गृहबाट गलत आदेश आयो भने त्यसलार्इ पनि अस्वीकार गर्नु पर्ने थापाको भनाई छ । प्रहरीको सरुवा, बढुवामा गृहबाट अन्याय नहुने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

थापाले मुलुकमा अहिले विभिन्न क्षेत्रमा अपराध व्याप्त रहेको जिकिर गरेका छन् । राजनीतिक अपराध मुख्य अपराध रहेको भनाई छ । जनसरकारको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिँदैछ । यसलाई नियन्त्रण गर्न कुनै आदेश कुर्नु पर्दैन एक्सनमा जानुस्’, प्रहरी अधिकारीतर्फ लक्षित गर्दै थापाले भने, ‘ आर्थिक अपराध पनि उस्तै बिकराल रहेको उनको भनाई छ । सुन तस्करी, बालुवा तस्करी, भन्सार छली, गिटीदेखि मानव तस्करीसम्म, सिन्डीकेट लगायत अपराध भैरहेछन् ।’

उनले सिन्डिकेटको अन्त्य र सुन तस्करीबारे छानबिन समिति गठन गरेर अपराध नियण्न्त्रणको सुरुवात गरिसकेको भन्दै अब अन्य क्षेत्रमा  पनि छिट्टै सुद्धिकरण सुरु हुने बताए ।

समाजमा पनि अझै सामाजिक अपराध ब्याप्त रहेको थापाले बताएका छन् । यौन हिंसा, घरेलु हिंसा, बलात्कार, छुवाछुट जस्ता अपराध नियन्त्रण गर्न कडा कदम चाल्न उनले प्रहरीलार्इ निर्देशन दिए । उनले मदिराको नियन्त्रण र लागूऔषध निषेधका लागि गृहले विशेष कार्यक्रम पनि ल्याउन लागेको बताएका छन् । वैशाख-१८, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्