पुर्बी नवलपरासीको कावासोतिमा गैडाको आक्रमणबाट ९० बर्षकी एक वृद्धाको मृत्यु भएको छ । कावासोती नगरपालिका १० रतवलकी जगरीमाया महतोलाई गैडाले आक्रमण गर्दा मृत्यु भएको हो ।
कृष्णसार मध्यवती सामुदायिक वनमा भेँडा चराउने क्रममा गैँडाको आक्रमणबाट घाईते भएकी महतोको उपचारकोक्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले बताए । जिल्लाको मध्यबर्ती क्षेत्रमा जङली जनावर बस्तीमा पस्ने , खेतीबाली नोक्सान गर्ने र मानिसलाई आक्रमण गर्नेक्रम बढेको छ । निकुञ्ज को पस्चिमी क्षेत्रमा गैडाको सङ्ख्या बढी भएको भन्दै चितवन रास्ट्रीय निकुन्जले ७ वटा गैडालाई पुर्बी सेक्टरमा स्तान्तरण गरिसकेको छ ।