पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । नेकपा एमालेका उम्मेदवारले मतदातालाई प्रभावित पार्न साडी बाढ्न लागेको सुचनाको आधारमा प्रहरीले स्थानीय सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि शुरु हुने भएकाले त्यसअघि नै जिन्सी सामानको जोहो गरेर राखेको र एक एक गरेर बाढ्ने तयारी भएको काग्रेस कार्यकर्ताहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिसपी प्रेम बहादुर शाहीका अनुसार साडी बरामद गरीएको र साडी बशां बाट के प्रयोजनका लागि ल्याएको भन्ने बारे अनुसन्धान भैरहेको बताए । ‘ चुनावको समयमा स्थानीय एक ब्यक्तिको घरबाट साडी बरामद भएको छ । चुनावमा बाढ्न ल्याएको हो वा अन्य के प्रयोजन भन्ने बारे बुझ्दै छौ ।’
नेकपा एमालेका उम्मेदवारले साडी बाढ्न लागेको बिपक्षी दलका नेता कार्यकर्ताले आरोप छ । तर , नेकपा एमाले बाट सुनवल नगरपालिकाको प्रमुखका उम्मेदवार बिमला अर्यालले भने यसलाई अस्विकार गरेकी छन् । उम्मेदवारहरुले सुकुम्बासी बस्ति तथा बिपन्न परिवारको बाक्लो बस्ति भएको स्थानमा मतदातालाई आकर्षित गर्न जिन्सी सामान बाढ्ने तथा विभिन्न प्रलोभन देखाउने गरेका छन् । अहिले टोलटोलमा उमेदवारहरुले मदिरा र मासु खुवाउने , र्याली गर्ने र बाजागाजा सहित नाचगान गर्ने गरेका छन् ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
