24.1 C
Kathmandu
Wednesday, November 29, 2023
Flowers in Chania

कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित नौ नेत्री

- Advertisement -Flowers in Chania

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम अनुसार डिला संग्रौला सबैभन्दा धैरै मतकासाथ निर्वाचित भएकी छन् ।  पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।

त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । अरु भने पराजित भए । खुला महिला केन्द्रीय सदस्य ९ जनाका लागि ३० जना चुनावी मैदानमा थिए । ०७८-९-५


- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्