8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ भने ८ लाख ७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ५ हजार ३८६ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित थपिएका छन् । २०७८-८ -२८

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!