27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

जीप दुर्घटनामा, ६ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

यहाँ जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।

एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी शेर्पाले बताए ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । तस्बिर: फाईल ,  २०७५ असार-१५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्