27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:46

TRENDING .

स्पेनले हरायो इरानलाई, डियगो कोस्टाले गरे गोल

- Advertisement -

विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनले इरानलाई १-० ले हराएको छ । स्पेनको जितमा डियगो कोस्टाले ५४ औं मिनेटमा गोल गरे । त्यसको करिब १० मिनेटपछि इरानले स्पेनको पोष्टमा बल छिराए पनि त्यसले गोलको मान्यता पाएन । इरानका सेइद इजाटोलहीले हेडमार्फत बललाई जाली चुमाएका थिए । तर, रेफ्रीले त्यसलाई अफसाइड दिए ।

गोल गरेको भनेर सेइद र इरानका समर्थकहरुले गरेको सेलिब्रेसन खेर गयो । भिडियो रेफ्रीले अफसाइड करार गरेपछि उनीहरु निराश बने । त्यसपछि कुनै पनि गोल हुनसकेन र स्पेनले १-० को नतिजा निकाल्दै महत्वपूर्ण तीन अंक थप्न सफल भयो । समूह ‘बी’ मा स्पेनको चार अंक भएको छ । यसअघि स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेलेर एक-एक अंक बाँडेका थिए ।

समूह ‘बी’बाटै बुधबार रातिको खेल जितेको पोर्चुगलको पनि समान चार अंक छ । सोही समूहबाट मोरक्कोलाई हराएको इरानको तीन अंक छ । लगातार दुई खेल हारेको मोरक्को भने प्रतियोगिताबाट बाहिरिएको छ । अब समूह ‘बी’बाट स्पेन र मोरक्को तथा पोर्चुगल र इरान भिड्नेछन् । विजेता नकआउट चरणमा पुग्ने छ । समूह ‘ए’ बाट विश्वकप आयोजक रुस र उरुग्वे नकआउट चरणमा पुगिसकेका छन् । २०७५ असार ७

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्