27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:56

TRENDING .

खानेपानी संस्थानमा २५ करोड घोटाला भएको आशंकामा छानबिन गर्दै मन्त्रालय

- Advertisement -

नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परेपछि मन्त्रालयले छानबिन सुरु गरेको छ । मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको हाे ।

छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिए । ‘अख्तियारले समेत छानबिनका लागि निर्देशन दिएको र मन्त्रालयमा संस्थानका बारेमा नियमितजसो गुनासो आउन थालेपछि छानबिन गरेर हेरौं भनेर प्रक्रिया सुरु गरिएको हो,’ मन्त्री बिना मगरका निजी सचिव दिनेश सागर भुसालले भने ।

खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको छ । भुपेन्द्र प्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए ।

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५-२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुवै टेण्डरलाई नियतवस १०-१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।

टेण्डरमा दुवै फर्मलाई ५० करोडको पाइप खरिद गर्न भनिए पनि नेपालगञ्ज भन्सार नाकाबाट १२ करोड र भैरहवा सुनौली भन्सार नाकाबाट १३ करोडको पाइप मात्रै भन्सार पास भएकाले २५ करोड घोटाला भएको आशंका छ । खानेपानी संस्थानले काठमाडौं उपत्यकाबाहेक सबै जिल्लाहरुमा खानेपानी वितरण र व्यवस्थापनको काम गर्दछ । काठमाडौं उपत्यकाभित्र भने त्यो काम केयूकेएलले गर्दछ । २०७५ असार ६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्