27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 05:05

TRENDING .

डोजर चल्यो…बनका रुख ढाल्दै कावासोती नगरपालिकाको डोजर, बन मास्दै उपभोक्ता समूह, चर्को दवावमा डोजर छोडियो

- Advertisement -

कावासोती, नवलपुर । शिव सामुदायिक वनमा निर्माणाधिन पार्कको सफाईको नाममा वन उपभोक्ता समूहले बुधबार दश वटा हरिया रुख ढालेको छ । कावासोती नगरपालिकाको लु १ ग ३१३ नम्बरको डोजर प्रयोग गरेर वन उपभोक्ता समूहले रुखहरु ढलाएको महाराजा इलाका वन कार्यालय कावासोतीकी सहायक वन अधिकृत चमेली देवकोटाले जानकारी दिनुभयो ।
वन समूहले कुनै पनि निकायवाट अनुमति नलिई हरिया ठाडा रुखहरु ढालेको अधिकृत देवकोटाले बताउनुभयो । समूहले ९ वटा सिसौंको रुख र एउटा बकाइनाको गरि दश वटा रुख ढालेको छ । वन ऐन विपरित रुखहरु ढालेको पाइएपछि रुख ढाल्न प्रयोग गरिएको नगरपालिकाको डोजर वनले नियन्त्रणमा लिएको थियो । जथाभावी रुख ढालेको हुदा समूहलाई वन ऐन अनुसार कारवाही गरिने देवकोटाले बताउनुभयो।

वनले नियन्त्रणमा लिएको डोजरलाई नगरपालिकाको चर्को दबाबका कारण छोडिएको श्रोतको दाबी छ । वन उपभोक्ता समूहको अध्यक्ष गीता अर्यालको जिम्मामा आवश्यक परेको समयमा उपस्थित गराउने शर्तमा छाडिएको वन कार्यालयले जनाएको छ ।
वन उपभोक्ता समूहको कार्यालय परिसर भित्र निर्माण गरिएको पार्कको सुरक्षाका लागि रुखहरु ढालिएको उपभोक्ता समूहकी अध्यक्ष अर्यालले जानकारी दिनुभयो । पार्कमा रहेका रुखका हागा भाचिएर दुर्घटना हुने सम्भावना देखेर आफुहरुले पार्क भित्रको क्षेत्र सफा गरेको  अर्यालले बताउनुभयो ।
सामुदायिक वनको हाता भित्र कावासोती नगरपालिकाको आर्थिक सहयोगमा पार्क निर्माण भइरहेको छ । नगपालिकाको स्वामित्वमा रहेको डोजर प्रतिघण्टा एक हजार ७ सयका दरले राजश्व तिरेर प्रयोगमा लैजानुपर्ने हुन्छ । तर समूहले राजश्व नतिरीकनै कर्मचारीको मौखिक आदेशमा डोजर लगेर प्रयोग गरेको नगरपालिका श्रोतले जनाएको छ । राजश्व नतिरी कसरी डोजर प्रयोगमा लगियो भन्नेमा छानविन गरिने नगरपालिकाले जनाएको छ ।जेठ-२४, २०७५

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्