27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:30

TRENDING .

प्रदेश ४ को नाम गण्डकी, राजधानी पोखरा

- Advertisement -

प्रदेश ४ को राजधानी कहाँ होला भन्नेमा ११ वटै जिल्लाका अधिकांशको जवाफ थियो, पोखरा । नामका सम्बन्धमा भने फरकफरक जवाफ र सिफारिस आए । प्रदेशको नामका सम्बन्धमा विभिन्न जातीय संघसंस्थादेखि समूहले आफ्नो माग र दबाब पनि दिएका थिए ।

नामको टुंगो लगाउन समस्या देखिएपछि प्रदेश राजधानी तथा नामांकन समिति प्रदेशको नाम सोध्दै सबै जिल्ला घुम्यो । राजधानी तथा नाम सिफारिस गर्न पुगेको समितिले जिल्लागत हिसाबमा आएका सुझाव, धारणा र मागलाई प्रतिवेदनका रुपमा सोमबारको संसद बैठकमा पेश गरेको छ । प्रतिवेदनअनुसार प्रादेशिक राजधानी पोखरा र नाम गण्डकी प्रदेशको पक्षमा बहुमत देखिएको छ ।

प्रादेशिक राजधानी निर्विकल्प पोखरा राख्न समितिले सिफारिस गरेको छ । सुझाव लिएका ९०५ जना अर्थात ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिए ।

‘एघारै जिल्ला र दलगत हिसाबले आएको सुझावअनुसार प्रादेशिक राजधानी पोखरा राख्न सुझाव छ,’ समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले संसदमा प्रतिवेशन पेश गर्दै भने ।

नामका सम्बन्धमा सबैभन्दा बढी गण्डकी प्रदेशको पक्षमा देखिएका छन् । जिल्लागत छलफलमा भाग लिएका ३ सय ४६ व्यक्ति तथा संस्था अर्थात ४५ प्रतिशतले गण्डकी प्रदेश राख्न सुझाव दिएका छन् । तमुवान-मगरात प्रदेश राख्न माग गर्ने संख्या पनि ठूलो देखिएको छ ।

जनमतमा भाग लिएका २ सय ६० अर्थात ३४ प्रतिशतले तमुवान-मगरात प्रदेश राख्न माग गरेका छन् । गोरखा प्रदेश नाम राख्न ७२ जनाले लिखित सुझाव दिएका छन् । धौलागिरी प्रदेश राख्न ३ प्रतिशत र बाँकीले अन्य प्रदेशको काम गरेका छन् ।

८ जिल्लाबाट प्रदेशको नाम गण्डकी राख्न माग भएको छ भने ३ जिल्लाका व्यक्तिले तमुवान-मगरात लगायत नाम राख्न माग गरेका छन् । तत्कालीन एमाले, कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश बनाउन सुझाव दिए भने माओवादीले धारणा नै नदिएको समिति संयोजक थापाले बताए । नयाँ शक्तिले भने गण्डकी तमुवान राख्न माग गरेको छ ।

समितिले सोमबारको बैठकमा प्रतिवेदन पेश गरेपछि अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने छ । समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्काजस्तै भएको छ ।

चैत १२ गते गठित प्रदेश राजधानी तथा नाकांकम सिफारिस समिति गठन भएको थियो । समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो । एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठित समितिको दुई पटक गरी ४० दिन म्याद थपिएको थियो । २०७५ जेठ-२१

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्