27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:40

TRENDING .

मन्त्रालय धाउँदै गाउँपालिका अध्यक्ष ! अझै गाउँमा पुगेन सिंहदरबार, कर्मचारी नहुँदा स्थानीय तह अस्तब्यस्त

- Advertisement -

स्थानीय चुनावका बेला नेताहरुले खुब जोडतोडका साथ भन्ने गरेका थिए कि अब सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्दैछ । तर, स्थानीय चुनाव सकिएको ६ महिनासम्म गाउँपालिका अध्यक्षहरु कर्मचारीको खोजीमा सिंहदरबार धाउन विवश छन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ गत जेठ अन्तिम साता स्थानीय तह अभिमुखीकरण तालिममा सहभागी भए । त्यसबेला तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवले एक साताभित्र आवश्यक कर्मचारी पठाउने वचन दिएका थिए । बुधवार मन्त्रालयमा भेटिएका अध्यक्ष तामाङले गुनासो गरे, ‘अहिलेसम्म पनि हामीले कर्मचारी पाउन सकेका छैनौं ।’

कर्मचारी नहुँदा गाउँपालिकाको कामकारवाही प्रभावित भएको तामाङले गुनासो गरे । उनका अनुसार हाल उक्त गाउँपालिकामा लेखा हेर्ने एक कर्मचारी र एकजना प्रशासकीय अधिकृत मात्रै छन् ।

जिल्ला समन्वय समितिले केही समयअघि प्राविधिकतिरका इन्जिनियर र ओभरसियर पठाउने आश्वासन दिए पनि अहिलेसम्म त्यो पनि प्राप्त हुन नसकेको तामाङले अनलाइनखबरलाई बताए ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार अहिले दैनिक कार्यसम्पादनका लागि तत्कालै कम्तिमा पनि १५ देखि २० कर्मचारी आवश्यक  छ । तर, उनीसँग कर्मचारी छन् -जम्मा २ जना मात्र । कर्मचारी अभावले आफ्नो प्रतिवद्धताअनुरुप काम गर्न नसक्दा जनताबाट ‘प्रेसर’ आउन थालेको उनी बताउँछन् । यो एउटा प्रतिनिधि घटनामात्र हो । अहिले मुलुभरका ७ सय ५३ वटै स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको छ । पूस-६, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्