8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

साथी शिक्षकहरुलाई तिन दिने वृहद यौनिकता शिक्षा तालिम

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी , नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाले ९ जना साथी शिक्षकहरुलाई (पियर एजुकेटर) तिन दिने वृहद यौनिकता शिक्षा प्रदान गरेको छ । विभिन्न क्षेत्रका ९ जना किसोर किसोरी साथी शिक्षकलाई वृहत यौनिकता शिक्षा प्रदान गरिएको हो । किसोर किसोरी तथा युवायुवतीहरुलाई लक्षित गरि प्रदान गरिएको वृहद यौनिकता शिक्षा, साथी शिक्षक मार्फत समाजमा छरिएर रहेका किसोर किसोरी तथा युवायुवतीहरुलाई जानकारी गराईने छ ।

तालिममा शाखा अन्तर्गत सुनवल, रामपुर खडौना, रमपुरवा स्थित सामुदायिक क्लिनीकबाट गरि ९ जना पियर एजुकेटरहरुको सहभागिता रहेको थियो । तालिममा नेपाल परिवार नियोजन संघका नियमित सेवा महिला स्वास्थ्य परिक्षण, एचआईभी एडस् परिक्षण, गर्भवती तथा सुतकेरी चेकजाँज, परिवार नियोजन संघका अस्थायी साधन, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, किसोर किसोरीको शारिरिक परिवर्तन, सबै समुदायमा एफपान सेवाको पहुंच, किसोर किसोरी तथा युवायुवतीलाई प्रवद्र्धन गर्ने लगायतका सेवाहरुको बारेमा प्रशिक्षण गरिएको छ । तालिममा निमित्त शाखा प्रवन्धक यमनाथ पौडेल, डाक्टर विश्वदिप रणपाल, सिनियर स्टाफ नर्स अन्जी श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

तालिमको समापन कार्यक्रमका अध्यक्ष तथा शाखा सभापति प्रबल राजरेग्मीले यस शाखा मार्फत युवा सुचना केन्द्र, युवालाई प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण, शुक्रवारे विद्यार्थी शिक्षा कार्याक्रम, साथी शिक्षक पुर्नताजगी, सन्देश मुलक होर्डिगंबोर्ड स्थापना, नियमित अनुगमन मुल्यांक लगायतको काम समेत संघले गर्दै आएको बताउनु भयो । कार्यक्रममा संघका युवा संयोजक हुसैन अंसारी, निमित्त शाखा प्रबन्धक यमनाथ पौडेल, डाक्टर विश्वदिप रणपाल लगायते मन्तब्य राखेका थिए । साउन-९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!