8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

ह्वात्तै घटे कतार जाने कामदार

- Advertisement -
- Advertisement -spot_imgspot_img

वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ। तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो।

रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन्। पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो। केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए। कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो। यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो।

कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे। रमजानका कारण पनि केही घटेको हुन सक्ने कार्यालयका प्रमुख तेजेराज पाण्डेको अनुमान छ।

अरब देशमा रमजानको महिना पूरै जस्तो काम ठप्प हुन्छ। कार्यालयका अनुसार पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन। सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन्। मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए।

कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो। नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन्। पाँच लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन्। चालू आर्थिक वर्षको १० महिनामै एक लाख २० हजार जति युवा कतार पुगिसेका छन्।

कतारको रोजगारीमा कस्तो समस्या आउने हो भनेर कसैले पनि अनुमान गर्न सक्ने अवस्था छैन। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्स वृद्धिदर घटेका बेला कतारको समस्याले तत्काल रेमिटेन्समा असर नगरे पनि दीर्घकालीन रूपमा भने असर गर्ने अर्थविद् बताउँछन्। कतारले भने आफ्नो देशमा आप्रावासी कामदारलाई कुनै समस्या नआउने बताइरहेको छ। यो खबर उत्तम काप्रीले आजको अन्नपूर्णमा लेखेका छन्।

कतारमा खाडी मुलुकले संयुक्त रूपमा लगाएको नाकाबन्दीसँगै मुस्लिमको रमजान पर्वले समेत कामदारको संख्यामा गिरावट आएको छ। त्यसमा पनि स्थानीय तहको निर्वाचन, म्यानपावर व्यसायीको चुनाव र खेती किसानीको समयले पनि कतार तथा समग्र रोजगारीका जानेको संख्याका गिरावट आएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए। असार-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!