8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

रातीमा दुर्घटना बढेपछि नारायणगढ–मुग्लिन सडक खण्ड हरेक साँझ ६ बजेदेखी बिहान ४ बजेसम्म रोक्ने तयारी हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रातिको समयमा सवारी रोक्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको जोखिम उच्च हुने भएकाले पनि रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको उहाँले बताउनुभयो । हाल दिनको समयमा सवारी रोकेर काम गरिँदै आएको छ । प्रजिअ भट्टले भन्नुभयो “अव रातिको समयमा सडक रोकेर काम गर्नुपर्ने देखिएकाले साँझ ६ बजेबाट बिहान ४ बजेसम्म सडक आवागमन रोक्ने तयारी भएको छ । सरोकारवालासँग छलफल गरेर यसको टुङ्गो आज लगाउने प्रयास भइरहेको छ ।”
गतवर्ष असार १ गतेबाट दिउँसो पनि सवारी सञ्चालन गर्न दिइएको थियो । गतवर्षको हिउँदमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिएको थियो । भित्तो काट्न असहज बनेपछि यस वर्षको हिउँदमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ ।

गत शुक्रबारबाट दिउँसोमा पनि सवारी सञ्चालन हुँदै आएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी चाप बढ्दा दिउँसो पनि सञ्चालन गर्न दिइएको हो । जसका कारण पहाड फोर्ने काम भने प्रभावित भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले रातको समयमा पहाड फोर्न र पर्खाल लगाउन कठिन भए पनि कालोपत्रे गर्न सकिने बताउनुभयो ।

सो सडकको १६ किलोमिटर क्षेत्र कालोपत्रे गर्न सकिने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म उक्त सडकको चार दशमलब चार किलोमिटर सडक एक तह कालोपत्रे भएको छ । सो सडकमा तीन तह कालोपत्रे हुने खनालले बताउनुभयो । हालसम्म सडकको ५१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । भूकम्प र नाकाबन्दीको कारण २०७४ वैशाखमा सम्पन्न गर्नुपर्ने सो सडक मिति थप गरी भदौ मसान्तमा पु-याइएको थियो ।

राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडक खण्डको जोखिम मोल्नुपर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर केही लामो यात्रा गर्न धेरैले चाहेको देखिदैन । जसका कारण घन्टौँ सडकमा खतरा बेहोरेर भोकभोकै बस्न यात्रु बाध्य हुनुपरेको छ ।

धादिङको सीमा मौवाखोलादेखि दासढुङ्गासम्म त्रिशूलीको किनारमा गएको चालु आर्थिक वर्षको हालसम्म २७ वटा दुर्घटना भएका छन् । जसबाट ४४ जनाले ज्यान गुमाएका छन् भने १९ जना त्रिशूली नदीमा बेपत्ता छन् । यतिमात्रै होइन, बाँच्नेले पनि २० घन्टासम्म खतरा मोलेरै भोकभोकै सडकमा बस्नुपरेको छ । यो जोखिमबाट बच्नका लागि केही लामो यात्रा गरे पुग्छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!