8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीको कावासोतीमा समाता स्कुलले सय रुपैयामा कक्षा ११ पढाउने

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा ।  नवलपरासीको समता शिक्षा निकेतन कावासोतीले प्रति बिद्यार्थी प्रति महिना एक सय रुपैया शुल्कमा पठाउने गरी कक्षा ११ सञ्चालन गर्ने भएको छ । यसै शैक्षिक शत्रबाट उपत्यका बाहीर पहिलो पटक विद्यालयले कक्षा ११ सञ्चालन गर्न लागेको हो । विद्यालयले आज कावासोतीमा पत्रकार सम्मेलन गरेर एक सय रुपैया शुल्कमा मानविकी र ब्यवस्थापन संकायमा कम्प्युटर विषय सहित अध्यापन गराईने जानकारी गराएको हो ।
विद्यालयले नयां कक्षा सञ्चालनका लागि प्रवेश परिक्षा लिएर ४० जना विद्यार्थी छनोट गरेर पहिलो कक्षा सञ्चालन गर्ने छ । प्रतिमहिना एक सय रुपैया, मासीक परिक्षा तथा प्रयोगात्मक गरी एक विद्यार्थीले एउटा शैक्षिक शत्रमा जम्मा ४ हजार ६ सय रुपैया शुल्कमा कम्प्युटर विषय समेत अध्ययन गर्न पाउने विद्यालयका प्रधानाध्यापक महेश भुर्तेलले जानकारी दिनुभयो  । गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क अध्ययनको समेत ब्यवस्था मिलाईएको विद्यालयले जनाएको छ । असार-९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!