27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 04:31

TRENDING .

काश्मिरमा थप हिंसा बढ्यो, बिहीबार तीनको मृत्यु

- Advertisement -

श्रीनगर, एजेंसी,  भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको छ । सो भिडन्तमा परी कम्तीमा पनि तीन जना हतियारधारीको ज्यान गएको छ । आजको घटनामा अरु कैयौँ घाइते भएका र दर्जनौँ सशस्त्र व्यक्ति भागेको जनाइएको छ।

भारत प्रशासित काश्मिरबाट पछिल्ला केही दिनयता प्राप्त समाचारहरुमा तनाव बढेको बताइएको छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।

भारत प्रशासित काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अुनसार सो भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ । बिहीबार बिहानी पख भएको सो भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् र अरु कैयौँ भागेका छन्– भारतीय प्रहरीले जनाएको छ ।

मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र सङ्गठनमा आबद्ध रहेका बताइएको छ । यसअघि पनि गतहप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो ।

श्रीनगरबाट करिब ५० किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्