एमालेको चुनाव प्रचारमा प्रयोग गरिएको सवारी अज्ञात समूहले जलाएका छन्। बर्दघाट नगरपालिका ४ फलफूल चोकमा पार्किङ गरि राखिएका सवारीमा आगजनी भएको हो। लेखनाथ भण्डारीको घर अगाडी पार्किङ गरि राखेको नेकपा एमालेको प्रचार-प्रसारमा प्रयोग गर्दै आएको लु १ च ६८४६ नम्बरको महेन्द्र म्याक्स गाडीमा अज्ञात ब्यक्तिले पेट्रोल फालेर आगो लगाएका हुन्। गाडी धनी भण्डारीको परिवारले तत्काल जल्दै गरेको गाडी देखेपछि निभाएका हुन्। प्रहरीले आगजनी गर्ने समूहको खोजी भैरहेको जनाएको छ। असार-७, २०७४