27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:17

TRENDING .

पाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी

- Advertisement -

चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

ओभरमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय लियो, जुन गलत साबित भयो । अजहर अली र फखार जमानले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गर्दै पाकिस्तानलाई निकै राम्रो सुरुवात दिलाए ।

अली ५९ रन बनाएर आउट भए । उनी रन आउट भए । तेस्रो नम्बरमा आएका बाबर अजमले पनि फखारलाई राम्रो साथ दिए । दुबैले ७२ रनको साझेदारी गर्दै टोलीको स्कोर २०० रन पुर्‍याए । ११४ रन बनाएका फखार जमानलाई हार्दिक पाण्डेयले रविन्द्र जडेजाको हातबाट क्याच गराए ।

सोएब मल्लिक मात्र १२ रनमा आउट भए । बाबर अजम मात्र ४ रनले अर्धशतक बनाउन चुके । तर, मोहम्मद हाफिज र इमाद वासिमसँग मिलेर पाकिस्तानको स्कोर ३३८ रनमा पुर्‍याए ।

३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रहृयो । पाकिस्तानको बलरहरुसामू भारतीय टप अर्डरका ब्याट्सम्यानहरु निरिह बने । टिमले खाता नै खोल्न नपाउँदा तेस्रो बलमा रोहित शर्मा आउट भए । भारतको छ रन हुँदा विराट कोहली ५ रनमा आउट भए । यो भारतका लागि ठूलो झड्का थियो भने पाकिस्तानका लागि जितका लागि ठूलो खुडि्कलो पार ।

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । शिखर धवन पनि २१ रनमै आउट भए ।  सुरुवाती तीनै विकेट हसन अलीले लिएका थिए ।

चौथो विकेटका रुपमा युवराज सिंह २२ रनमा आउट हुँदा महेन्द्र सिंह धोनी पनि टिक्न सकेनन् । उनी मात्र ४ रनमा आउट भए । छैटौं विकेटका रुपमा केदार जादव ९ रनमा आउट हुँदा भारतको स्कोर मात्र ७२ रन थियो । योसँगै भारतको हार लगभग तय भयो ।

सातौं विकेटका लागि हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गरे । यो भारतका लागि केही राहत थियो । तर, जितका लागि पर्याप्त थिएन । पाण्डेय रन आउट भएपछि भारत धरासायी भयो । उनी ७६ रनमा आउट हुँदा टिमको स्कोर १५२ रन थियो । थप चार रन जोड्दा भारत अलआउट भयो ।

भारतलाई मात्र ३०.३ ओभरमा अलआउट गर्ने क्रममा मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानको नाममा एक विकेट रहृयो । असार-५, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्