8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते ४ जनाको अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

कविलवस्तु,  जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।

विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।

उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार, शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।
विस्फोट बाणगंगा नगरपालिकाको कार्यालय नजिकै भएको हो । प्रहरीका अनुसार एक व्यक्ति थोत्रो साइकलमा रातो कपडाले बेरिएको केही बस्तुसहित आएका थिए । मननोयन दर्ता स्थलबाट करिव ३० मिटर पर साइकल रोकेर उनी हिडे । त्यसको केही सेकेण्डमा नै विस्फोट भएको थियो । असार-४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!