8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, १, ५, ७ प्रदेशमा असार १४ गते हुने, मनोनयन दर्ता २ दिन पछि सर्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन ।

बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।

राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।

आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् ।

चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन । सत्तारुढ दलका एक नेताले भने, ‘आउदिँन भनेको पनि छैन ।

दोस्रो चरणको स्थानीय चुनावको मिति सरे संगै मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो । यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ । असार-१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!