कावासोती, खगराज सापकोटा । देवचुली नगरपालिकामा नगरपालिका भित्र रहेका अपांगहरुका लागि खेलैना निर्माण तालिम आज देखि सुरु भएको छ । उक्त १ हप्ते खेलौना निर्माण तालिममा ३० जनका सहभागी भएका छन् । आज तालिमको एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमको सभापतित्व एल. एन. दवाडीले गर्नु भयो भने प्रमुख अतिथी देवचुली बडा नम्बर १४ का वडा अध्यक्ष हेम राज शर्माको रहनुभएको थियो । तालिमको अायोजक हरियाली संस्था र सह अायोजकमा वातावरण जनजागरण बिकास मन्च रहेका छन् । देबचुलि नगरपालिकाको सहयोगमा तालिम संचालन गर्न लागिएको हो । उद्घाटन कार्यक्रम सुमन लम्सालले संचालन गर्नुभएको थियो । जेठ-३०, २०७४
- Advertisement -
- Advertisement -
- Advertisement -