8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासीको परासी बजारमा प्रहरी र बन्दकर्ता बीच झडप, लाठि चार्ज

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, राष्ट्रिय जनता पार्टीको बन्दका क्रममा नवलपरासीको परासी बुद्धचोकमा राजपाका कार्यकर्ता र प्रहरीबिच सामान्य झडप भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताले मंगलबार विहान परासीमा बा १४ च ७०६९ नम्बरको स्कार्पियो तोडफोड गरेपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको हो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले लाठि चार्ज समेत गरेको थियो ।
राजपाको बन्दका कारण सदरमुकाम परासी र दक्षिणी क्षेत्रका मुख्य मुख्य बजारहरु प्रभावित बनेका छन । पुर्वपश्चिम राजमार्गमा भने आंसिक रुपमा सवारी चलेका छन भने पसल पनि खुलेका छन । राजमार्गसंग सटेको बर्दघाट, भुमहि , सुनवल, लगायतका बजारमा भने बन्दको खासै प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रहरु गोपिगञ्ज, सेमरी , प्रतापपुर , वेलाटारी , गुठिप्रसौनी , पाल्ही लगायतका स्थानमा भने बन्दका कारण सबै ठप्प भएको प्रहरीले जनाएको छ । शैक्षिक सँस्था , पसल , कलकारखाना , ठूला सवारी साधन र रिक्सा ठप्प भएका छन् । अत्यावश्यकीय साधन र मोटरसाईकललाई भने चल्न दिईएको छ ।

जेठ-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!