27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:01

TRENDING .

चुडामणी शर्माको प्रारम्भिक अनुसन्धान : ८७ फाइल खोल्दा २१ अर्ब घोटाला, मदिरा उत्पादक कम्पनीलाई ९९ प्रतिशत राजश्व छुट

- Advertisement -

काठमाण्डौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मासँगको प्रारम्भिक वयानका क्रममा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ । आयोगले कर फछ्र्याैट  आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान गर्दा प्रत्येक फाइलमा १ करोडको राजश्व हेराफेर गरेको पाइएको स्रोतले जनाएको छ । आयोगले सबै फाइल अझै पाएको छैन ।

अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको कर फछ्र्याैटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको पाइएको छ । सबै फाइल अध्ययन गरिसक्दा यो हिसाब खर्बमा पुग्न सक्ने अनुमान गरिएको छ । आयोग स्रोतका अनुसार यो प्रकरणका सबै फाइल अध्ययन गरिसक्न कम्तिमा ३ महिना लाग्नेछ ।

एक उच्च अधिकारीले भने-‘अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला र नौलो प्रकारको घटना हो यो । यसमा धेरै कानुनी जटिलताहरु पनि छन् । अनुसन्धान र मुद्दा प्रक्रियामा धेरै कठिनाई पनि छन् ।’ आयोगले कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि शुक्रवारसम्म आयोगमा हाजिर हुन पत्र काटेको छ । महत नेपालमै नरहेको जानकारी आयोगगले प्राप्त गरेको छ ।

यो आयोग तत्कालिन अर्थमन्त्री रामशरण महतले गठन गरेका थिए । कर फर्छाैट गर्नका लागि भनेर गठित सो आयोगको सदस्य सचिव महतले आफ्ना विश्वासपात्र सहसचिव चुडामणी शर्मालाई राखेका थिए । शर्मा यसअघि सम्पत्ति शुद्धिकरणको प्रमुख पनि थिए ।

अख्तियारले कर फछ्र्यौटका नाममा अर्बौ रुपैयाँ घोटाला भएको सूचना पाएपछि पटक पटक शर्मासँग फाइल मागेका थियो । तर, उनले अटेर गरेपछि बयानका लागि बोलाएर पक्राउ गरिएको थियो । शर्मा अहिले अख्तियारको हिरासतमा छन् । अदालतबाट दुई पटक म्याद थप गरिएका शर्माले दिनमा तीन पटकसम्म आफू बिरामी परेको भन्दै अस्पताल लैजान माग गरेका छन् । वीर अस्पताल र नर्भिकमा उनको स्वास्थ्य जाँच गर्दा कुनै समस्या नदेखिए पनि उनले भने बिरामीको नाटक गरिरहेका छन् ।

कर फ्छर्यौट आयोगले सफाई दिएको एउटा ब्यापारिक र्फमले ४ अर्ब रुपैयाँ राजश्व तिर्नुपर्ने देखिएको थियो । आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाह गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । यो एउटा उदाहरणमात्र हो । उनीहरुले एउटा मदिरा उत्पादक कम्पनीलाई ९९ प्रतिशत राजश्व छुट दिइएको पनि भेटिएको छ । जेठ-२९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्