8.1 C
Kathmandu
Flowers in Chania

प्रमुख निर्वाचन आयुक्त भन्छन्-असार १४ मा जसरी पनि हुन्छ, जनता हिँडेरै पनि भोट हाल्न आउँछन् बन्द ले रोक्दैन

- Advertisement -

विराटनगर, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्ने नमिल्ने बताएका छन् । उनले बन्द हड्तालका बाबजुद जनता मतदान स्थलमा आउने र चुनाव सम्पन्न हुने बताए ।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आयोगको पनि निश्चित समय र बटमलाइन हुने बताए । ‘१४ गते तोकिएकै मितिमा निर्वाचन गराउन निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ,’ उनले भने, ‘सबै प्रदेशमा एकैपटक निर्वाचन हुन्छ । असार १४ को मिति अकाट्य छ ।’

निर्वाचनमा सबै सहभागी हुने वतावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचनसम्वन्धी ऐन कानुन संशोधन गर्नुका साथै पटक-पटक मिति सारिएको उनले बताए ।

राजपाको आन्दोलनतर्फ संकेत गर्दै उनले आम हडतालले निर्वाचनलाई फरक नपार्ने बताए । आम नेपाली जनताले निर्वाचन चाहेको भन्दै उनले जनता हिँडेर भएपनि मतदान स्थलसम्म पुग्ने र उल्लेख सहभागितामा चुनाव हुने विश्वास व्यक्त गरे । जेठ-२९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्