8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सवारी दुर्घटनामा १० जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यविन्दु नगरपालिका ८ अरुणखोला र चोरमारा बिचको जंगलमा बसले ट्रकलाई ठक्कर दिदा १० जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार काठमाण्डौबाट कपलिवस्तुको तौलिहवा तर्फ जादै गरेको लु १ ख ७०४६ नम्बरको बसले सोहि दिशा तर्फ जादै गरेको ना ६ ख १०९५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिदा १० जना घाईते भएका हुन ।
घाईते हुनेमा रुपन्देहि बुटवल १० बस्ने वर्ष २५ की वन्दना न्यौपाने, रौतहट गंगापिपरा ७ बस्ने वर्ष ४८ को विजय कुमार चौधरि, रुपन्देहि मुर्गिया ४ बस्ने वर्ष २४ का देवराज गौतम , काभ्रे पाचखाल १० बस्ने वर्ष , २५ का कृण्ण मग्रान्ति , ,अर्घाखाची बल्कोट १ बस्ने वर्ष २८ का पदम थापा रहेका छन । यस्तै वाग्लुङ्ग ढोरपाटन ७ बस्ने वर्ष २१ का युनिक पुन, कपिलवस्तु पकडि २ बस्ने वर्ष २४ का मिरेन्द्र कुमार यादव , वर्ष २३ का दुर्गेश यादव, हरनामपुर ५ बस्ने वर्ष २२ का ईरेन्द्र र ईमिलिया ७ बस्ने वर्ष ५५ का अब्दुल बहाब मुसलमान रहेको छन । बस चालक फरार रहेका उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । जेठ-२८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!