27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:14

TRENDING .

मोरङमा ओली पक्षले एकलौटी गरेको भन्दै बागी मेयर उठाएर जिताइदिने एमाले सांसदको चेतावनी

- Advertisement -

मोरङ क्षेत्र नं ८ का एमाले सांसद चन्द्रबहादुर गुरुङ कोशी हरैंचा नगरपालिकामा केपी ओली गुटले गलत मानिसलाई मेयरको उम्मेदवार बनाउन लागेको भन्दै मौखिक उजुरी लिएर माधव नेपालसमक्ष पुगेका छन् ।

गुरुङ विगतमा तीनचोटि गाविस अध्यक्ष जितेका जनप्रतिनिधि हुन् । ०७० सालमा सांसद जितेका उनी अहिले आफ्नै गृहनगरमा पार्टीका उम्मेदवारबारे बेखबर छन् ।

एमाले सांसद गुरुङले १५ वर्षसम्म अध्यक्ष चलाएको इन्द्रपुर गाविस अहिले सुन्दर हरैंचा नगरपालिका बनेेको छ । यहाँ कसलाई मेयरमा उठायो भने पार्टीले जित हात पार्छ भन्ने गुरुङलाई राम्रोसँग थाहा छ । तर, पार्टीले उनलाई अहिलेसम्म यसबारे सोधेको छैन ।

एमालेका एक जिल्ला नेताले भने-‘गुरुङ सांसदमात्रै नभएर एमालेको १ नम्बर प्रदेश कमिटीका सदस्यसमेत हुन्, तर उनी केपी ओली गुटको नभएकाले जिल्ला अध्यक्ष विनोद ढकालले उनलाई नसोधी उनको नगरपालिकामा आफ्नै गुटका पैसावाल नेतालाई टिकट दिएका छन् ।’

पुराना चर्चित विद्यार्थी नेता एवं हाल नेकपा एमालेका मोरङ जिल्ला सदस्य राजकुमार ओझालाई सुन्दर हरैंचाको मेयरमा उठाउनुपर्ने माग गर्दै सांसद गुरुङले नेता नेपालसँग भेट गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कोशी हरैंचा नगरपालिकामा मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले आफ्नो गुटका केदार गुरागाईलाई मेयर बनाउन लागेको तर उनलाई मेयरमा उठाए पार्टीले हार्ने गुरुङले माधव नेपाललाई सुनाएका छन् ।

मोरङ जिल्लामा केपी ओली पक्षले एकलौटी ढंगले पुराना एवं त्यागी कार्यकर्तालाई पाखा लगाउँदै पैसावालहरुलाई टिकट बाँडिरहेको सांसद गुरुङले नेता नेपालसँग गुनासो पोखेका छन् । पैसावाल उम्मेदवार खोज्ने हो भने गरीब र सुकुम्बासीको भोट नआउने गुरुङको तर्क छ ।

राजकुमार ओझाजस्तो त्यागी एवं जनपक्षीय नेतालाई टिकट नदिए आफूले बागी उठाएर भए पनि जिताइदिने गुरुङले नेता नेपाललाई चेतावनीसमेत दिएको स्रोतले बतायो ।

एमाले स्रोतले दिएको जानकारीअनुसार कोशी हरैंचाको मेयरमा राजकुमार ओझा र उपमेयरमा अक्कली चौधरीलाई उठाउनुपर्ने सांसद गुरुङको माग छ ।

आफू १ नं प्रदेश कमिटीको सदस्य हुनुका साथै त्यहाँको जनप्रतिनिधि समेत हुँदाहुँदै पनि प्रदेश इञ्चार्ज भीम आचार्यले आफ्ना कुरा नसुनेको गुनासो गुरुङले नेता नेपाल समक्ष पोखेको नेपाल निकट स्रोतले बतायो । माधव नेपालले केन्द्र र स्थायी कमिटीमा आफूहरु अल्पमतमा परेकाले केही गर्न नसकिएको सांसद गुरुङलाई बताएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्