24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

नवलपरासीको रेडक्रश उपशाका कावासातीले नेत्र दान कार्यक्रम ल्याउदै

- Advertisement -Flowers in Chania

कावासोती, दयाराम आचार्य । नेपाल रेडक्रश उपशाका कावासातीले आज कावासोती नगरपालिकाबाट नवनिर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरेको छ । कावासोती नगरपालिकाबाट निर्वाचित नगर प्रमुख चन्द्रा पुन सहित वडा अध्यक्षहरु,सदस्यहरु ,कार्यपालिका सदस्यहरुलाई सम्मान गरीएको हो ।
सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रश नवलपरासीका सभापति मदनभक्त अधिकारीले नवनिर्वाचित प्रतिनिधिहरु बिकाश निर्माणका कार्यमा कुनै पार्टि बिशेष नभनि सिटि कावासोतीको बिकाशमा लाग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
यसै गरी कार्यक्रममा सम्मानित ब्यक्तित्व कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रा पुनले आफु कावासोतीको बिकाशमा सबै सगंहालेमालो गर्दै कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै नेपाल रेडक्रश कावासोतीका सभापति ऋषिराम कण्डेलले कावासोती उपशाखा साउन देखि जिल्ला शाखाको रुपमा बिस्तार हुन लागेको समेत जानकारी दिनु भयो । यस्तै उहाले आफुहरुले मृत्यु पश्चात आखा दानको कार्यक्रमको थालनि गर्न लागिएको समेत जानकारी गराउनु भयो । यसै गरी ब्लड बैङ्क संचालनको कुरा समेत आएको तर यस क्षेत्रमा ५१ शैयाको अस्पतालको आवश्यक हुने भएकाले यसतर्फ पनि जनप्रतिनिधिले ध्यान दिन वहाले अनुरोध गर्नु भयो ।
यसै बिच आज सम्मान कार्यक्रम मार्फत मध्यविन्दु सामुदायीक अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोखरेल, कावासोती नगरपालिकाका २ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मि पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डे , प्रवासी सपिङ्ग सेन्टरका प्रवन्ध निर्देशक राम प्रसाद महत्तोले एक लाख रुपैया बरावरको सहयोग गरी यसस्कर सदस्य बन्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष हरी प्रसाद बास्तोला,८ का अध्यक्ष आनन्द गुरुङ्ग , राम चन्द्र लम्साल र धनमाया भण्डारीले बिशिष्ट सदस्यता लिने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा कालिगण्डकी अस्पतालका डाक्टर धविलाल थापाले यस अधि यसस्कर सदस्यका लागि प्रतिवद्धता जनाए अनुसार एक लाख रुपैया बराबरको चेक समेत आज रेडक्रश उपशाखा कावासोतीका सभापति ऋषिराम कण्डेललाई हस्तान्तरण गर्नु भएको थियो ।
नेपाली कांग्रेस कावासोती नगर सभापति मुकुन्द प्रसाद भट्टराई, नेकपा एमाले कावासोती नगर कमिटिका सहसंयोजक भिमलाल कण्डे, नेकपा माओवादी कावासोती कमिटि संयोजक गुरुप्रसाद अधिकारी, लोकनाथ लामिछाने लगाएत बिभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधिको उपस्थिती रहेको थियो । उपसभापति बेद प्रसाद न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन तिर्थ कडेंलले गर्नु भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

5 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्