8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

राजपा र फोरमसँग कांग्रेस र माओवादीको तीनबुँदे सहमति, विषय एउटै, हस्ताक्षर छुट्टै

- Advertisement -
- Advertisement -spot_imgspot_img

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् ।

कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ । सहमतिको पहिलो बुँदामा प्रचण्ड सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ ।

दोस्रो बुँदामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।

साथै प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने सहमति भएको छ । सहमतिमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।

तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेकोराजपा नेपालका २४ सांसद छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका १५ सांसद छन् । जेठ-२३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!