8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

“तिम्रो तस्विर” हेरी बस्दा

- Advertisement -
- Advertisement -spot_imgspot_img

समालोचना……

जीवन सापकोटा“युगीन” ।
कवि,निश्छल यसपाली गजलकार भएर आएछन् । सुन्दर आवरण सहितको छरितो पुस्तक, सप्रेम उपहार पाएँ । पुस्तक किन्ने अबसरबाट चुकें र पनि पढें । धेरै कुराले उद्देलित बनायो र केही कुराले आन्दोलित । दुवै तरङ्ग थाम्ने प्रयत्न गरें । यो पुस्तक सहृदयी पाठक सम्म पुग्नु पर्छ भन्ने लाग्यो र लेख्ने प्रयत्न गरें । तर माफ गर्नु यो लेखमा म गजल माथिभन्दा तिम्रा भनाई र दर्शनमाथि बेशी केन्द्रित भएको छु है कबि ।
यौटापनि स्वतन्त्र मान्छे भेट्नु ,आज दुर्लभ छ । यदाकदा भेटिन्छन पनि तर कालान्तरमा स्वतन्त्र रहिरहन सक्दैनन् । यहाँ स्वतन्त्रता राजनीति, धर्म, लैङ्गिकताको चिन्तनद्वारा लथालिङ्ग पारिएको छ र स्वतन्त्रताको कुरा धेरै गर्नेहरु बाटै बन्दि छ यो । स्वतन्त्रताको आफ्नेै खाश अर्थ छ कि छैन ? भन्ने कुरा सत्य छ कि छैन भन्ने कुरा संग जोडिन्छ नै । समय सापेक्ष , युग सापेक्ष सत्ता र स्वतन्त्रताबिचको सन्तुलनको खोजि नै कतै सृजनाको आधार त होईन ?
हुन त कवि दीपक भट्टराई “निश्छल”ले आफ्नो गजल संग्रह“तिम्रो तस्वीर ” संग्रहको मेरो भन्नुभित्र सोझै भनेकाछन् “संसारमा सत्य भन्ने चिज हुँदैन, त्यो त हामीले मानिदिने हो । जो परिवर्तन भैरहन्छ जहाँनेर केही प्रश्नछन् । सत्य कुन चिजमा खोजिएको हो र भेटिएन ? नभेटिनुको अर्थ नहुनु नै होईन । सत्य हामीले मानिदिने हो भन्ने तर्क पनि आफैमा भ्रमपूर्ण छ ।
कुनै पनि अबधारणाको जन्मखाशआधार र पृष्ठभूमीमा नै हुन्छत्यसैले हामीले सत्य छ भनौ अथवा छैन भनौं दुवै अवधारणमा केही न केहीतत्व छ जसले सत्य सम्बन्धि अवधारणलाई जन्म  दिन्छ । अर्को कुरा सत्य सम्बन्धि अवधारणामा अनिबार्य रुपमा जोडिने बिषय परिवर्तन हो । हो, यहाँ परिवर्तन भैरहन्छ यो चाहिं सत्य हो । परिवर्तन सत्य हो भने त्यसको कारक शक्ति  सत्य नहुने ? शक्ति र अणु जसलाई अलग थलगपार्न सकिदैन त्यसको एकत्व र बिस्तारको धारा सत्य नहुने ? क्या बात कबि ! सत्यको गुण नै परिवर्तनशीलताहो अनि सबै कुरा परिवर्तनशील छ भनेर सत्य छैनभन्नु कति सत्य हो ?फूलभित्र सुगन्ध छ ,के त्यो भ्रमहो ।  पत्रहरुको बान्किभित्र सौन्दर्य छ, के त्यो असत्य हो ? “तिम्रो तस्वीर” कवि निश्छलको नदेखिने ठाँउ (मन र हृदय) मा बसेर निरन्तर प्रेम, सौन्दर्य र काव्य चेत प्रवाहित  गरिरहेछ, के त्यो पनि भ्रम हो ? स्थायित्वको शब्दार्थ सत्य हुन सक्दैन ।
यो भ्रमको विउ छर्ने काम राजनितिकर्मीको  हो । राजनितिज्ञको होईन । अराजकता र अब्यवस्थाको सृजना धुन्धुकारीहरुको हो, सर्जकहरुको होइन ।अकविहरुको हो, कविहरुको होईन । यो आयातित अपबादहरु  द्वारा बादका नाममा जवर्जस्त थोपरिएको बिचारहीनता हो । हामी बिरुद्धको प्रहार हो । पूर्बिय मानक, दर्शन बिरुद्धको प्रचार शैलीहो । पूर्बिय ज्ञान र बिज्ञानको संष्लेषण गरी आफ्नो अबवरणमा प्रचार गर्ने उधुमहो । सत्यलाई सोझै स्वीकार नगर्ने प्रयत्न हो । मार्क्सबादी अर्थशाष्त्रबिना जसरी बिश्वअर्थतन्त्रको परिकल्पना हुन सक्दैन र पूजिंबादीहरुले बिरोधीको रुपमा मार्क्सलाई स्वीकार गर्दछन् । ठिक त्यसैगरी पूर्विय दर्शन , बिचार , सौन्दर्य र सत्यको सत्तालाई भत्क्याएर सन्तुलन बिगार्ने प्रयत्नको समर्थन हाम्रो सृजनाको धर्म र मर्म हुन सक्तैन । जुन दुराशय बिरुद्ध देबकोटाले मौलिकता लेखे, सभ्यता लेखे , शालीनता लेखे र सचेतता लेखे । त्यसैको उन्नत निरन्तरतानै हाम्रो लेखाईको धरातलहो ।
हो, कबिले भनेझैं भीरमा फूलेको फूल कबिता हो तर भीरको फूल कसैका लागि होईन त्यो एउटा संयोग मात्रहो भन्ने आशयप्रति भने मेरो प्रश्न छ ? के भीर माहुरीको जीवनआधार त्यही भीरको फूल होईन  र  ?  मेरो प्यारो ओखलढुङ्गा मोफसलको गीत होईन र ? जीवन आफैंमा एक संयोग त हुँदै हो तर त्यो सधैं फोका , सधैं भ्रम  वा सधै बेकम्मा चीज पनि त होईन रहेछ, बरु जीन्दगी कतै क्या ! चिज , क्या बात ! र कतै फगत , फगत लाग्दो दुई गीतको फ्युजन हुनुपर्छ । कविता जीवन , प्रेम र आनन्दधाराको प्रवाहका निम्ति गरीने सजग प्रयत्न हुनुपर्छ ।
मान्नु नमान्नु त्यो कबिको मौलिक कुरा तर कवी !  तिम्रो, तस्बीर प्रतिको लगावले , सम्मोहनले , प्यासले ,ध्यान–चिन्तन र समर्पणले साँच्चै गजल रचना भएको छ-
एउटै चित्रभित्र हरपल कैद छु म
कठोर कारागार यो तस्वीरसंग मिल्ला?
कोठाभित्रएक्लै जे बनाईरहेछु
कल्पनाको संसार यो तस्विरसंग मिल्ला?
हो ! आफैं देखि रित्तिएर पराई भैसकेको आकृतिसंग नारिएर कल्पनाको संसार रचना गर्नु र त्यही संसार भित्र बगिरहेको यत्ति बोझिलो समय थाम्नु –जो कोहीको वशको बात होईन । त्यसका लागि कि कवि हुनुपर्छ कि पागल अथवा प्रेमी । अरुका लागि त्यो सम्भावना छैन । सृष्टिको सौन्दर्य र बैभवसंग एकाकार भएर बाँच्ने कुरा पनि  तिनकै लागि मात्र सम्भव छ । जसले बदल्न सक्छ त्यो प्रेमी हो , चाहे सुन्दरीको होस् वा धरती अथवा कुनै चेतनाको। जसले सृजनागर्न सक्छ त्यो कबि हो , साहित्य–संगीत वा कुनै पनि कला सृजन किन नगरोस् । र त्यो नै पागलहो जसले भेद बिभेद मुक्त भएर सारा थोक समरुपमा स्विकार गर्न सकोस् । साँच्चै कोही ब्याक्ति प्रेमी , पागल र कवि भएर खरो उत्रन सक्छ भने संसार बदल्ने उही हो । सत्यम् शीवम् र सुन्दरम् मा एकाकार हुने ध्यानी , ज्ञानी उही हो । त्यो हर एकका लागि सम्भावना हो भ्रम होईन ।
“मृत्यु मलाई बोलाईरहेछ”का कवि दिपक भट्टराई र “तिम्रो तस्विर” गजल संग्रहका निश्छल दुवैमा एउटा  हल्लाउन सक्ने सर्जक लुकेको छ . बाटो बिराउनहुन्छ कबिले, तर नहराउने गरी । कतै बाटो बिराएर मधुशालातिर बेशी रमाएको हो कि ? अथवा मात्र गजललाई  शरावमा डुवाएको हो  ? यस्तै द्वैध भान परिरहेछ मलाई , यो संग्रहपढिसक्दा । गजललाई त्यसरी डुवाउनु हुन्छ किनकी जुन काठ त्यसलाई त्यसकै बोक्रो खुब सुहाउँछ । तर आफूलाई जोगाउनुपर्छ है ।
प्रिय पाठक ! कवि शिखा, थोपा, लहर हो । सृष्टिको गुण बखान गरेर तपाईंलाई तपाईंभित्रको मान्छेसंग मिसाउने खाश किसिमको जीवहो । अस्तित्व हो । हावा, पानी र तापको अपेक्षा  यदाकदा मात्र पाईने बिऊ हो यो । यसको जतन गरौं । चिजको जतनगर्न हामीलाई भन्दा तपाईंलाई बेशी आउँछ । किनकी स्रष्टा सर्जकको काम नै पोख्ने , छिरोल्ने र बाढ्ने हो । त्यसलाई परख गर्ने , जोगाउने अथवा वेवास्ता गर्ने जिम्मा  तपाईंको हातमा छ । जेठ-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!