8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

धुम्रपान रहीत दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

जेष्ठ १७ , हिमालदेव पंगेनी

आज गैडाकोटमा धुम्रपान रहीत दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । हेल्दी  नेपाल फाउन्डेसनको आयोजनामा गैडाकोटका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको सहभागितामा भएको सो कार्यक्रम फाउन्डेसनका अध्यक्ष डा. कल्याण सापकोटाको अध्यक्षतामा र जनक मा वि गैडाकोटका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जनक मा वि , नेपाल राष्ट्रिय सम्सेर आदर्श मा वि , गैडाकोट नमुना आवशिय मा वि , वालविकास आवशिय मा वि लगायतका विद्यालयका विद्यार्थीहरुलाइ धुम्रपानले पार्ने नराम्रो असरका वारेमा जानकारी दिइएको थियो । सो अवसरमा विद्यार्थीहरुले निर्माण गरेका पोष्टर पम्प्लेटहरुको छनौट गरी उत्कृष्ट पोष्टर वनाउने विभिन्न विद्यालयका विद्यार्थीहरुलाइ नगद तथा विभिन्न उपहार वाट सम्मान गरीएको थियो । कार्यक्रम संयोजक यशोधा कंडेलले स्वागत गर्नुभएको सो कार्यक्रममा जनक मा वि का छात्रा अलका आचार्य , विद्यालयका प्रधानाध्यापक वुद्धिसागर पंण्डित , कार्यक्रमका प्रमुख अतिथी मदन भक्त अधिकारी लगायतले आ आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!