8.1 C
Kathmandu
Flowers in Chania

देउवालाई ३५० भन्दा बढी सांसदको समर्थन, नबन्ने भो समहतिको सरकार

- Advertisement -

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ। संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो।

सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिने समय सकिन लाग्दा कांग्रेसले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा  वर्तमान सत्ता गठबन्धनमा रहेका दलले पनि नया सरकार गठनमा समर्थन गर्ने आश्वासन दिएका छन्।

नेकपा माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन्। त्यसअनुसार बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसदको समर्थन रहनेछ। यो खबर आजको नागरिक दैनिकमा छ। जेठ-१७, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्