24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

नवलपरासीको कावासोतीमा मन्दिरमा गणेश मुर्तिको प्राण प्रतिष्ठा गरियो

- Advertisement -Flowers in Chania

कावासोती, नारायण प्रभु । नवलपरासीको कावासोती- १ कोइलापानीको नव निर्मित मन्दिरमा गणेशमुर्तिको  प्राण प्रतिष्ठा गरिएको छ । यहाका समाजसेवी धन प्रताप सेन ठकुरी, चित्र कुमारी सेन, रण प्रताप सेन, शान्ति सेनको परिवारले ४५ हजार खर्चेर मुर्ति निर्माण गरि महाराजा प्रकृति आमा समूहलाई हस्तान्तरण गरेका हुन । समुहले  निर्माण गरेको मन्दिरमा उक्त मुर्तिको प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठा गर्नु अघि समूहले आज छहारी चोक, कोइलापानी ,  बिष्णुनगर, हातिखोर, रिठेपानी हुदै मन्दिर परिषर सम्म झाकी सहित को -याली गरेको थियो । उक्त मन्दिरका लागि स्थानीय परशुराम पौडेलले बाद्यबादनका सामाग्री, चुडामणि कंडेलले मन्दिर को गजुर, हिमाल श्रेष्ठले मन्दिरका लागि घण्ट हस्तान्तरण गरेका छन् । स्थानीय समूह लगाएतको सहभागितामा उक्त मन्दिर  संकलन गरिएको करिव ७ लाख रकम बाट स्थापना गरिएको हो । जेठ-१६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्