8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकाले ४३ करोड, उपमहानगरले ६३ करोड पाउने

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ  । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गरेका हुन् । त्यसैगरी नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने भएका छन् ।

त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने छ । देशभरि १३ वटा उपमहानगरपालिका छन् । एउटा महानगरपालिकाले  कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने अर्थमन्त्री महराले घोषणा गरेका छन् । देशमा ४ वटा महानगरपालिका छन् । जेठ-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!