8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ को सनाखत, १३ जना घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

 धादिङ, आइबार साझ गोलभन्ज्याङ भकारेमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छ । धादिङबेंसी-सल्यानटार सडकमा आइतबार भएको दुर्घटना मा मृत्यु भएका ३ जनाको सनाखत भएको छ । १ जनाको अझै सनाखत हुन सकेको छैन ।

धादिङको पुछारबजार—सल्यानटार सडकखण्ड अन्तर्गत निलकण्ठ–१० गोलाभन्ज्याङको भकारेमा स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तर स्कुल बसले विद्यार्थी नबोकेर यात्रु बोकको थियो । गोला भन्ज्याङबाट त्रिपुरेस्वरको खहरे बजारतर्फ जाँदै गरेको बोर्डिङ स्कूलको ग १ ख ३४०५ नम्बरको बस भकारेमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सबै त्रिपुरासुन्दरी ७ कि ६५ वर्षीया फूलमाया तामाङ, सोही गाउँकै ६२ वर्षीया पुर्णदेवी पाण्डे र ४० वर्षीया लक्ष्मी सिंखडा रहेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ३० जनालाई उपचारको लागि सदरमुकाम ल्याइएको मा १ जना दक्षिण  कोरियाली नागरिक सहित २५ जनालाई थप उपचारका लागी ट्रमा सेन्टर काठमाडौं पठाइको छ ।

बस सडकबाट करिब डेढसय फिट तल खसेको छ । सदरमुकामबाट घटनास्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समयमा नपुगेका कारण स्थानीयले उद्दार गरेका थिए । उद्दारमा संलग्न युवक कुबेर धरेलका अनुसार १३ जना घाइतेको उद्दार गरिएको छ । जेठ-१५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!