8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नारायणी नदीमा बेपत्ता गैँडाकोटका दुई युवकको शव फेला

- Advertisement -
- Advertisement -spot_imgspot_img

गैडाकोट, बिबेक भण्डारी । गैँडाकोट १ को बृटिश क्याम्प नजीकै फोटो खिच्न जाँदा नारायणी नदीमा बेपत्ता गैँडाकोटका दुई युवाको शव फेला परेको छ । बिहिबार दिउँसो साढे तिन बजेबाट बेपत्ता उनीहरुको शव शुक्रबार विहान ९ बजेतिर खसेकै स्थानमा नदीमा शव फेला परेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिनुभयो । बिहिबार दिउँसो साथीहरुसंग बृटिश क्याम्प नजिकै पौडी खेल्न गएका गैँडाकोट २ का आशिष श्रेष्ठ र गैडाकोट ८ का भुपेन्द्र केसी नदी किनारमा फोटो खिच्ने क्रममा नदीमा खसेका थिए । खोजीका लागी आएको गोताखोरको टोली, प्रहरी र विपद व्यवस्थापनको टोलीले शव फेला पारेको हो । अहिले दुवैको शव मुचुल्का गरी पोष्ट मार्टमका लागी भरतपुर अस्पताल पठाईएको छ । शब आजै पोष्टमार्टम गरी परिवारलाई बुझाईने प्रहरी निरीक्षक हमालले जानकारी दिनुभयो । जेठ-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!