8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

बहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित अभिनेता सत्यरातजसहित दक्षिण भारतका नौ जना कलाकारलाई अदालतले पक्राउ पुर्जी

- Advertisement -
- Advertisement -spot_imgspot_img
एजेन्सी, बहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित बनेका अभिनेता सत्यरातजसहित दक्षिण भारतका नौ जना कलाकारलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
 पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन्। चर्चित दक्षिण भारतीय फिल्म गजनी, सिंघम, सिंघम २ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यासहित चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन्। उनीहरुले एक पत्रकारका विवादास्पद बयान दिएका थिए। त्यहि बयान का कारण सन् २००९ मा उनीहरुलाई मानहानीको मुद्दा लागेको थियो। त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएको थियो। तर, उनीहरु अदालतमा उपस्थित भएका थिएनन्। सोही मुद्दा हाल सतहमा आएको हो। उनीहरुले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन्। जेठ-१०, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!