पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ मा हत्या गरेर फरार भएको आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ । बैशाख २१ गते ३० बर्षकी श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेर फरार भएका जोखन कहाँर लाई प्रहरीले पक्राउ गरेको हो । हत्या गरेर फरार कहाँर लाई प्रहरीले नेपाल भारत सिमाबर्ती पाल्हिनन्दन गाउपालिकाको पडरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थिले बताए । पक्राउ परेका कहाँर लाई जिल्ला अदालत परासी बाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।