8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

देउवा र ओलीबीच भनाभन, देउवाले भने- म प्रधानमन्त्री हुँदा तपाईंलाई केको टाउको दुखाई ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाण्डौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ । मंगलबार संसद भवन  छिर्नासाथ  देउवा र ओलीबीच भनाभन भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा कुराकानी गरिरहेका बेला ओली पुगेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई अहिले किन छाड्नु पर्‍यो भनेपछि देउवा आक्रोसित बनेको स्रोतले जनाएको छ । देउवाले ओलीलाई म प्रधानमन्त्री हुँदा तपाईलाई के अफ्ठ्यारो, केको टाउको दुखाई ? भन्दै प्रश्न गरेका थिए ।

मंगलबार विहान बालुवाटारमा भएको तीन दलको बैठकमा पनि ओलीले देउवाको आलोचना गरेका थिए । दिउँसो एमालेले गरेको पत्रकार भेटघाटमा पनि एमाले अध्यक्ष ओलीले देउवाको चर्को आलोचना गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा छन् । माओवादी र कांग्रेसबीच भएको समझदारी कार्यान्वयन भए प्रचण्डले छाडेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

तर, एमाले भने कम्तिमा दोस्रो चरणको चुनाव नहुँदासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री देख्न चाहँदैन । चुनावको मुखमा स्थानीय तहको संख्या बढाएपछि आक्रोसित बनेको छ । यसलाई नै देखाएर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु अघि नै संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । जेठ-९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!