8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

कैलालीमा सुतिरहेकै अवस्थामा एक दम्पतीको हत्या

- Advertisement -
- Advertisement -spot_imgspot_img

कैलाली, धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको छ ।आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बद्रिप्रसाद जोशी (७२)र कुन्ता देवि जोशी (६५) को शव फेला परेको बताएको छ ।

उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)अर्जुन चन्दले बताए ।

उनले हत्याको आकंशाका जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिएको समेत बताए । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषमा छानविन गरी दोषिलाई कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।

सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०\२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचजान समेत गरेका थिए ।

मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!