8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

UPDATE: नवलपरासीको नवलपुरमा वार्ड अध्यक्ष र गाउपालिका प्रमुख गरी ३५ जना बिजयी, पछिल्लो मध्यबिन्दु न.पा. मा कांग्रेसका उम्मेदवार बिजयी, अरु को को भए हेर्नुहोस

- Advertisement -
- Advertisement -spot_imgspot_img
कावासोती , खगराज सापकोटा। नवलपरासीको नवलपुर क्षेत्रमा मतगणना जारी छ । नवलपुर क्षेत्रका गाउपालिका मध्य पछिल्लो जानकारी अनुसार बुंडीकाली गाउपालिका प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । ३,४ मा कांग्रेस र ४,६ मा एमालेका उम्मेदवार बिजयी भएका छन् । बुलिंगटारको १,२,४ मा नेपाली कांग्रेस का उम्मेदवार बिजयी भएका छन् । विनयी गाउपालिकाको ४,५,६,७ मा कांग्रेस र ३ मा एमाले ले जित हासिल गरेका छन् । हुप्सेकोटको १ मा कांग्रेस बिजयी भएको छ । त्यसै गरि ४ वटा नगरपालिकामा पनि मत गणना जारी छ, जस अनुसार गैडाकोट नगरपालिकाको १,१७ र १८ मा नेपाली कांग्रेसले बिजयी प्राप्त भएको छ । त्यस्तै कावासोती नगरपालिका को १ र ३ मा कांग्रेस , २ र ४ मा एमालेका उम्मेदवार ले बिजयी हासिल गरेका छन् । त्यस्तै मध्यबिन्दु नगरपालिकाको १ र १४ एमाले ले जितेको छ भने २,३ र १५ मा कांग्रेस ले जित हासिल गरेको छ । देवचुली नगरपालिका को २,७,८,१० मा कांग्रेस ले र १,६,१६ मा एमाले र १६ मा माओवादी केन्द्रका उम्मेदवार ले बिजयी हासिल गरेका छन् ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!