8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीको देवाचुलीमा मतदान केन्द्रको तयारी अन्तिम चरणमा, उद्योगपति बिनोद चौधरीले देवचुलीबाटै मतदान गर्दै

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिबेक भण्डारी, देवचुली नगरपालीकामा  स्थानिय तहको निर्वाचनका लागि तयारी  अन्तीम चरणमा पुगेको छ ।यहाका  निर्वाचन अधिकृत मानबहादुर खड्काले मतदान केन्द्रको तयारी लगभग पुरा भएको जानकारी दिनुभएको छ । आइतवार हुने स्थानियतहको निर्वाचनको लागि आवस्यक सम्पूर्ण स्रोत साधन तयारी अवस्थामा रहेको उहाले बताउनुभयो । खड्काकाले १९ वटा स्थलमा ३५ वटा मतदान केन्द्र स्थल रहेको बताउनुभयो  । २६ हजार भन्दा बढि मतदाताहरु रहेको यस क्षेत्रमा २७ गते देखि नै मतदान अधिकृत लगायतका टोलिहरु मतदान केन्द्रमा खटिई  सकेको बताउनुभयो । निर्वाचन अधिकृत खड्काका अनुसार मतदान केन्द्र तथा संम्बन्धित स्थलमा सुरक्षा व्यवस्था पनि मिलाईएको बताउनुभयो । उहाका अनुसार आइतवार ढुक्क भएर मतदान गर्न मतकेन्द्रमा उपस्थीत हुन आग्रह गर्नुभयो । वहाले मतदान गर्ने समय विहान ७ बजेदेखि सुरु हुने हुदा समयमा नै गई मत राख्न समेत आग्रह गर्नुभयो ।
यस्तै स्थानिय तहको निर्वाचनमा भोट हाल्न उघोगपति विनोद कुमार चौधरी आइतवार नवलपरासी आउनुहुने भएको छ । नवलपरासीको देवचुली  नगरपालिका वडा नम्बर २ बाट चौधरीले भोट हाल्नु हुने भएको छ ।बैशाख-३०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!